Sagun Khabar
अनमीमाथि कुटपिट गर्ने लुहारविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

बैतडी –आफ्नै सहकर्मीमाथि कुटपिट गर्ने बैतडीको पुर्चौडी–७ स्थित कोटिला स्वास्थ्यचौकीका इन्चार्ज सुमन लुहारविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ । लुहारले आफ्नै कार्यालयमा कार्यरत अनमी माया भट्टलाई गएको आइतबार धनगढी–१ स्थित अदालत रोडमा कुटपिट गरेका थिए ।

कुटपिटबाट माया भट्टको टाउको र हातमा चोट लागेको छ । लुहारले इट्टाले आफूलाई प्रहार गरेको भट्टले बताइन् ।

कुटपिट लगत्तै पक्राउ परेका लुहार अहिले कैलाली प्रहरीको हिरासतमा छन् । लुहारविरुद्ध पीडित भट्टले ज्यान मार्ने उद्योगमा मुर्दा गरेको कैलाली प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाले बताए । 
अदालतबाट म्याद थप गरी लुहारमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, चैत २४, २०८२  १६:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update