Sagun Khabar
खैरो हेरोइनसहित बैतडीका एकजना डडेल्धुराबाट पक्राउ 

बैतडी –बैतडीका एकजना लागू औषध खैरो हेरोइनसहित डडेल्धुरबाट पक्राउ परेका छन् । 

बैतडीको दोगडाकेदार गाउँपालिका–७ का ३४ बर्षीय विरेन्द्रसिंह कार्कीलाई मंगलबार प्रहरीले ९ सय ३० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो । उनलाई डडेल्धुराको अमरगढी नगरपालिका–५ बागबजार बसपार्क क्षेत्रबाट लागू औषध खैरो हेरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले कार्कीले लागू औषध खैरो हेरोइनसहित पक्राउ गरेको जनाएका छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, चैत २५, २०८२  १३:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update