Sagun Khabar
नेटवर्क सुधारको माग गर्दै गाउँपालिका अध्यक्ष कुँवरले बुझाए ज्ञापन पत्र 

बैतडी–बैतडीको सुर्नया गाउँपालिकाका विभिन्न वडामा नेपाल टेलिकमको नेटवर्कले काम नगर्दा समस्या भएको भन्दै टेलिकम कार्यालय बैतडीका प्रमुखलाई ज्ञापन पत्र बुझाइएको छ । 

सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले बुधबार टेलिकम बैतडीका प्रमुख नारायणदत्त भट्टलाई ज्ञापन पत्र बुझाएका छन् । गाउँपालिकाको वडा नं ६ र अन्य ठाउँमा समेत टेलिकमको नेटवर्कले काम नगर्दा समस्या भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । टेलिकमको नेटवर्क सुधार गरि टावर नभएका ठाउँमा टावरको समेत व्यवस्थपान गरिदिन आग्रह गरिएको गाउँपालिका अध्यक्ष कुँवरले बताए । 

सुर्नयाका विभिन्न ठाउँमा टेलिकमको नेटवर्कले काम नगर्दा समस्या भएको बिषयमा यसअघि नेपाल टेलिकमको केन्द्रीय कार्यालयलाई समेत आग्रह गरिएको अध्यक्ष कुँवरले बताए । 

सुर्नयासहित बैतडीका विभिन्न स्थानमा नेपाल टेलिकमले आफ्नो क्षमता विस्तारका लागि काम गरिरहेको र यो समस्या समाधान हुने टेलिकम बैतडीका प्रमुख नारायणदत्त भट्टले बताए । 

टेलिकमको नेटवर्कले काम नगर्दा विद्यालय, वडा कार्यालय र अन्य सरकारी कार्यालयहरुलाई इन्टरनेटमार्फत गर्ने कामहरु प्रभावित भएको जनाएका छन् । यस्तै नेटवर्कले काम नगर्दा सञ्चार सुविधाबाट टाढा रहनुपरेको स्थानीयबासीहरुको गुनासो रही आएको छ । 

प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२  ०८:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update