Sagun Khabar
सुर्नयामा आधारभूत तह कक्षा ५ को नतिजा : ५ विद्यालयका शतप्रतिशत विद्यार्थी उत्तीर्ण, तीन विद्यालयको नतिजा शून्य 

बैतडी –बैतडीको सुर्नया गाउँपालिकाले आधारभूत तह कक्षा–५ को पालिकास्तरीय परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । गाउँपालिकाले यो बर्षदेखि कक्षा ५ को पनि पालिकास्तरीय परीक्षा सञ्चालन गरेको हो । 

कक्षा ५ को परीक्षामा सहभागी भएका २६ विद्यालयमध्ये ५ विद्यालयले शतप्रतिशत नतिजा ल्याएका छन् भने तीन विद्यालयको नतिजा शून्य रहेको छ । 

कक्षा ५ को पालिकास्तरीय परीक्षामा ३ सय २४ जना परीक्षार्थी सहभागी भएकोमा १ सय ८४ जना उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी भएकामध्ये ५५.९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका सुर्नया गाउँपालिकाका शिक्षा शाखा प्रमुख टंकप्रसाद अवस्थीले बताए । 

परीक्षामा सहभागी भएका मध्ये सुर्नया ६ स्थित भूमीराज उदयदेव मावि रीगाले शतप्रतिशत नतिजा हात पारेको छ । उक्त विद्यालयका १० जना परीक्षार्थी सहभागी भएका र सबै उत्तीर्ण भएका छन् । 
यस्तै सुर्नया –२ स्थित डाँडाबाग आविका दुई जना सहभागी भएकोमा दुवै जना उत्तीर्ण भएका छन् । यस्तै सुर्नया –५ स्थित कमलेश्वर चन्द्रमणी आविका ७ जना परीक्षार्थी सहभागी भएकोमा सबै उत्तीर्ण भएका छन् । 

यस्तै सुर्नया –२ स्थित सरस्वती आवि चिल्लेपानीका दुई जना परीक्षामा सहभागी भएकोमा दुवैजना उत्तीर्ण भएका छन् भने सुर्नया–७ स्थित भुवनेश्वर मावि चौथालीका ९ जना परीक्षार्थी सहभागी भएकोमा सबै उत्तीर्ण भएका छन् । 

यस्तै कक्षा ५ को परीक्षामा तीनओटा विद्यालयको नतिजा शून्य आएको छ । भूमीराज मावि ढोले, नेपाल राष्ट्रिय मावि ग्वानी र पञ्चदेव आवि डबरालीको नतिजा शून्य आएको गाउँपालिकाले जनाएको छ । 

Class-5-1775730627.jpg
 

प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२  १६:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update