जिल्ला अस्पताल बैतडीले माग्यो मेडिकल अधिकृतसहितको जनशक्ति
बैतडी–जिल्ला अस्पताल बैतडीले आठौं तहको मेडिकल अधिकृतसहित विभिन्न पदमा जनशक्ति माग गरेको छ ।
अस्पतालले करार सेवामा भर्ना गर्नका लागि योग्यता पुगेका नागरिकलाई आवेदन दिन आग्रह गरेको छ । अस्पतालले मंगलबार जारी गरेको सूचनामा एकजना आठौं तहको मेडिकल अधिकृत, एकजना पाँचौं तहको एनेस्थेसिया एसिटेन्ट, पाँच जना पाँचौं तहका स्टाफ नर्स, एक जना पाँचौै तहको फिजियोथेरापी सहायक र एकजना पाचौं तहको रेडियोग्राफरका लागि आवेदन आह्वान गरेको हो ।
अस्पतालले योग्यता पुगेका नेपाली नागरिकलाई १५ दिनभित्र आवदेन दिन आग्रह गरेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२ १७:०५
प्रतिक्रिया दिनुहोस्





