Sagun Khabar
बैतडीमा सशस्त्र प्रहरीद्वारा २१ लाख बराबरको अवैध सामान नियन्त्रणमा

बैतडी - बैतडीमा २१ लाख बढीको समान सहित बोलेरो पिकअप र ट्याक्टर सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । 

जिल्लाका केही ठाउँबाट केही समय पहिलेदेखी नै भन्सार छलीका सामान भित्रीदैछन् भन्ने गोप्य सूचना पाएपछी जिल्लाबाट गस्ती टोली खटाएर बोलेरो पिकअप र ट्याक्टर सहित भन्सारका छलीका समान बरामद गरिएको स्रोतम उल्लेख गरिएको छ । भन्सार छलीका सामान भित्र्याउन संलग्न व्यक्तिहरु भने प्रहरीको टोली देख्ने बित्तिकै भागेको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गरिएका अवैध सामानसहित बोलेरो पिकअप र ट्याक्टरलाई आवश्यक कारवाहीका लागि महाकाली भन्सार कार्यालय झुलाघाटलाई बुझाइएको छ । सशस्त्र प्रहरीको मोबाइल गस्ती टोलिले पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ हल्दुबिनायकबाट २१ लाख ८ हजार ८१० रुपैँया बराबरका अवैध सामान बरामद गर्दै बोलेरो पिकअप र ट्याक्टर नियन्त्रणमामा लिइएको बताइएको छ । 

आज मध्यान्ह ३ बजे भारतबाट भन्सार छली गरि ल्याइएका अवैध सामानसहित बोलेरो पिकअप र ट्याक्टरलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका सशस्त्र प्रहरी नायब उपरीक्षक जंगबहादुर कुँवरले बताए । सशस्त्र प्रहरी नायब उपरीक्षक कुँवरका अनुसार २३ क्विन्टल चिनी, पाँच क्विन्टल मिश्री र अन्य किरानका सामान बरामद गरिएको बताइएको छ। यस्तै सुपप्र ०१ ००१ च २७८९ नम्बरको बोलेरो पिकअप र सुपप्र ०१ ००२ त ५०९० नम्बरको को ट्याक्टरलाई समेत नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक कुँवरले बताए ।

गोप्य सुचनाका आधारमा सशस्त्र प्रहरी निरीक्षक रमेश प्रसाद पाण्डेयको नतृेत्वमा खटिएको मोवाइल टोलीले उक्त समान बरामद गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक कुँवरले बताएका छन ।

प्रकाशित मिति: आइतबार, चैत २९, २०८२  १५:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update