Sagun Khabar
बैतडीमा भारतीय नम्बरको कार दुर्घटना, ३ जना घाइते

बैतडी – बैतडीमा भारतीय नम्बरको कार दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । कंञ्चनपुर देखि बैतडीको शिवनाथ जादै गरेको एच आर ५५ ए एच ९८३३ नम्बरको भारतीय नम्बरप्लेटको कार मङ्गलबार अप्रान्ह दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी दीपक कुमार रायले बताए ।

दुर्घटनामा परी ३ जना घाइते भएका छन् । घाइते हुनेमा  चालकसमेत रहेका बैतडीको शिवनाथ गाउँपालिका–६ का २७ वर्षीय भरत दयाल, सोही ठाउँका २८ वर्षीय महेश सुत्र र २६ वर्षीय जयराज दुलाल रहेका डिएसपी रायले बताए ।

घाइते महेश सुतारको टाउको र आँखामा चोट लागेको छ भने जयराज दयाललको टाउको तथा छातीमा चोट लागेको छ ।

घाइते तीनै जनाको प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कार सडकबाट करिब ५० मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख १, २०८३  २०:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update