बैतडीको सिगास गाउँपालिकामा कार्यरत एक कर्मचारीको निधन, भोली एकदिन शोक बिदा
बैतडी- बैतडीको सिगास गाउँपालिकामा कार्यरत एक कर्मचारीको निधन भएको छ । पालिकाको आन्तरीक लेखा परिक्षकको रुपमा कार्यरत टीका सिह धामीको अल्पायुमै मृत्यु भएको हो ।
सिगासकै वडा न ३ स्थीत चमडेखर्क बस्ने धामीको बुधबार काठमाण्डौ स्थीत अन्नपुर्ण न्योरोलोजिकल,इन्सिच्युट एण्ड अलाइड साइन्सेस अस्पतालमा ब्रेन ट्युमरको शल्यक्रिया पश्चात उपचारको क्रममा मृत्यु भएको सिगास गाउँपलिकाका अध्यक्ष हरि सिह धामीले बताए ।
गाउँपालिकाको सेवा प्रवाहलाइ प्रभावकारि बनाउने तथा इमान्दार,अनुसासित र कर्तव्यनिष्ठ कर्मचारी गुमाएको प्रति पालिकाले शोक ब्यक्त गरेको छ । कर्मचारीको निधन भएकाले पालिकाले भोली बैशाख १० गते बिहिबार एकदिन शोक बिदा दिने निणर्य गरेको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ९, २०८३ १६:२६
प्रतिक्रिया दिनुहोस्





