बैतडी- बैतडीमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरिएको छ । जिल्लाको दशरथचन्द नगरपालिका–४ छेलामा बिहीबार अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरिएको हो ।
बिपद्जन्य घटनामा परेकाहरुको राहात तथा उद्धारका लागि अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरिएको सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका सशस्त्र प्रहरी नायब उपरीक्षक जंगबहादुर कुँवरले बताए ।
अस्थायी मनसुन प्रतिकार्य बेसमा सशस्त्र प्रहरी नायव निरीक्षकको नेतृत्वमा १५ जनाको टोली रहने कुँवरले बताए ।
बाढी, पहिरो, आगलागी लगायतका विपद्जन्य घटनामा परेका व्यक्तीहरुको उद्धारका लागि तालिम प्राप्त जनशक्ती सहित चौविसै घण्टा तयार अवस्थामा रही अस्थायी मनसुन प्रतिकार्य बेश स्थापना गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक कुँवरले बताए ।
विपद् जोखिम न्यूनीकरणका लागि सबै सरोकारवाला निकायबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको प्रमुख जिल्ला अधिकारी डाक्टर डिजन भट्टराईले बताए ।
मनसुनको समयमा प्राकृतिक विपद्बाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरीले स्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरिएको हो ।





