Sagun Khabar
मणिलेक मावि गुरुखोला घरदैलो अभियानमा 

बैतडी–बैतडीको दशरथचन्द नगरपालिका–१ स्थित मणिलेक मावि गुरुखोलाले घरदैलो अभियान सञ्चालन गरेको छ । 

विद्यालय व्यवस्थापन समिति र शिक्षकहरु सहितको टोली घरदैलो अभियानमा जुटेको मणिलेक मावि गुरुखोला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर टेरले बताए । सामुदायिक विद्यालयहरुमा अभिभावकहरुको आकर्षण बढाउन, शैक्षिक क्षेत्र सुधारका बिषयमा सुझाव लिन र बालबालिकाहरुलाई समयमै विद्यालयमा भर्ना गर्न आग्रहसहित घरदैलो अभियान सञ्चालन गरेको अध्यक्ष टेरले बताए । 

मणिलेक माविको सेवा क्षेत्रभित्रका सबै टोलमा घरदैलो अभियान सञ्चालन गरेर विद्यालयप्रतिको अभिभावकहरुको सकारात्मक दृष्टिकोण बनाउने, विद्यार्थी संख्या बढाउने र विद्यालयले चालु शैक्षिक सत्रमा चाल्ने नयाँ कदमका बिषयमा अभिभावकहरुलाई जानकारी गराउन घरदैलो अभियान सञ्चालन गरेको विद्यालयका प्रधानाध्यापक धिरबहादुर मडैले बताए । 

घरदैलो अभियानका क्रममा अभिभावकहरुबाट विद्यालय सुधारका लागि सुझाव समेत मागिरहेको प्रधानाध्यापक मडैले बताए । 

कक्षा १२ सम्मको पढाइ हुने मणिलेक मावि यो क्षेत्रको पुरानो शैक्षिक संस्था भएकाले यसको विकासमा सबैको सहयोग आवश्यक रहेको विद्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, वैशाख १३, २०८३  ०८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update