Sagun Khabar
बैतडीको पुर्चौंडीमा आँखा शिविर : ७ सय बढीले सेवा लिए  

बैतडी –बैतडीको पुर्चौंडीमा सञ्चालन भएको दुई दिने निशुल्क आँखा शिविरमा ७ सय बढीले सेवा लिएका छन् । आँखा उपचार केन्द्रमा हाटमा शुक्रबार र शनिबार सञ्चालन भएको शिविरमा १ सय २२ जनाको आँखाको शल्यक्रिया गरिएको नगर प्रमुख दिपकबहादुर बमले बताए । 

पुर्चौंडी नगरपालिका र च्यारिटी हेल्थ फाउण्डेसनको संयुक्त आयोजना, धनगढी नेत्रालय, श्रीकृष्ण आँखा अस्पताल टीकापुरको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको धनगढी नेत्रालयका अध्यक्ष गजेन्द्रबहादुर चन्दले जानकारी दिए । 

ग्रामीण क्षेत्रमा रहेका आँखाका बिरामीहरुलाई उनीहरुकै घरदैलोमा सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको नगर प्रमुख बमले बताए । 

शिविरमा ३ सय जनालाई निशुल्क चश्मा वितरण गर्नुका साथै ७ सय जनालाई औषधी वितरण गरिएको जनाइएको छ । नगरपालिकाले गत बर्ष समेत आँखा शिविर सञ्चालनमा ल्याएको थियो । 

सोमबार र मंगलबार शिवनाथको सुल्लेखानमा निशुल्क आँखा शिविरको आयोजना गरिएको धनगढी नेत्रालयका अध्यक्ष चन्दले बताए । 
 

प्रकाशित मिति: आइतबार, वैशाख १३, २०८३  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update