बैतडी–बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंस्थित निङ्गलाशैनी खेलमैदानमा आजदेखि योग विज्ञान शिविर सञ्चालन भएको छ ।
निङ्गलाशैनी योग साधना केन्द्र देहीमाण्डौंको आयोजनामा आजदेखि पाँच दिवसीय निशुल्क योग विज्ञान शिविर सञ्चालन भएको योग साधना केन्द्रका अध्यक्ष विरसिंह बोहराले बताए ।
मानिसलाई शारीरिक, मानसिक तथा आध्यात्मिक रुपले सबल बनाउन ‘गरौं योग, रहौं निरोग’भन्ने नारासहित योग विज्ञान शिविर सञ्चालन गरिएको दशरथचन्द नगरपालिका–२ का वडा अध्यक्ष सूर्यबहादुर बोहराले बताए ।
निशुल्क रुपमा सञ्चालन भइरहेको योग विज्ञान शिविरमा साध्वी देवकृपाज्यूले प्रशिक्षण दिइरहेकी छन् । उक्त शिविरमा स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको छ ।
योग विज्ञान शिविर बिहान ५ बजेदेखि ७ बजेसम्म सञ्चालन भइरहेको स्थानीय सुरेन्द्र बोहराले बताए ।
योग विज्ञान शिविर सञ्चालनका लागि दशरथचन्द नगरपालिका र दशरथचन्द नगरपालिका वडा नं २ को कार्यालयको सहयोग रहेको छ ।
निङ्गलाशैनी योग साधना केन्द्रले पछिल्लो समयमा योग विज्ञान शिविर सञ्चालन गर्दै आएको छ । नागरिकलाई मानसिक र शारीरिक रुपमा स्वस्थ राख्न योगको महत्वपूर्ण भूमिका रहने गर्दछ । योगका माध्यमबाट नागरिकलाई स्वस्थ राख्नका लागि शिविर सञ्चालनमा सहयोग गरेको वडा अध्यक्ष सूर्यबहादुर बोहराले बताए ।





