बैतडी–बैतडीको शिवनाथ गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत एकराज आचार्य हाजिर भएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत आचार्यलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शिवनाथ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएपछि उनी गाउँपालिकामा हाजिर भएका छन् ।
सोमबार गाउँपालिकामा हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत आचार्यलाई आज एक कार्यक्रमकाबीच स्वागत गरिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए ।
प्रमुख प्रशासकीय अधिकृत आचार्यको स्वागत कार्यक्रममा अध्यक्ष साउँदका साथै उपाध्यक्ष शकुन्तला साउँद, वडा अध्यक्ष, गाउँपालिकाका कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहहरुमा दरबन्दी अनुसारका प्रमुख प्रशासकीय अधिकृत खटाएपछि शिवनाथले पनि नयाँ प्रमुख प्रशासकीय अधिकृत पाएको हो ।





