बैतडी निर्माण व्यवसायी संघको अध्यक्षमा फेरि चन्द चयन
बैतडी –बैतडी निर्माण व्यवसायी संघको अध्यक्षमा फेरि सुरेश चन्द निर्विरोध निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न संघको १८ औं साधारण सभा तथा १० औं अधिवेशनले चन्दको अध्यक्षता नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
समितिको प्रथम उपाध्यक्षमा नरीसिंह भाट, द्वितीय उपाध्यक्षमा राजेन्द्रबहादुर चन्द, महासचिवमा विकास चन्द, सचिवमा पूर्णबहादुर टेर र कोषाध्यक्षमा राजेन्द्रबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरुमा रमेशबहादुर चन्द, भुवन जोशी, अमित रावल, राजेन्द्रप्रसाद भट्ट, भुवनराज भट्ट, सरस्वती लेखक, सुधीरप्रसाद भट्ट र सुरज चन्द चयन भएका छन् ।
प्रकाशित मिति: शनिबार, वैशाख २६, २०८३ १८:३४
प्रतिक्रिया दिनुहोस्





