नेकपाको सुदूरपश्चिम इञ्चार्जमा जोशी र सहइञ्चार्जमा भट्ट
बैतडी –नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेशको इञ्चार्जको जिम्मेवारी भानुभक्त जोशीलाई दिएको छ । यसअघि इञ्चार्ज तोकिएका भीम रावलले जिम्मेवारी स्वीकार नगरेपछि उक्त पदको जिम्मेवारी जोशीलाई दिइएको हो । जोशी यसअघि सहइञ्चार्जको भूमिकामा रहेका थिए ।
यस्तै पार्टीको सहइञ्चार्जको जिम्मेवारी खगराज भट्टलाई दिइएको छ । यस्तै, सहइञ्चार्जको जिम्मेवारी पाएकी रञ्जिता श्रेष्ठलाई कृषि तथा भूमि व्यवस्थापन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।
नेकपाका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालले हस्ताक्षर गरेको अन्तरपार्टी निर्देशन (अपानी) मार्फत उक्त जिम्मेवारी हेरफेर गरिएको हो ।
प्रकाशित मिति: आइतबार, वैशाख २७, २०८३ १४:११
प्रतिक्रिया दिनुहोस्





