Sagun Khabar
बैतडीको मेलौलीका एकजना बेपत्ता

बैतडी–बैतडीको मेलौली नगरपालिका–०३ कुजागाड निवासी गगन चन्द १२ दिनदेखि बेपत्ता भएका छन् । उनी घरबाट निस्किएपछि अहिलेसम्म परिवारको सम्पर्कमा आउन नसकेको उनका आफन्तले बताएका छन् । 

परिवारका अनुसार चन्द घरबाट गएको भोलिपल्ट तिताबै ताल स्थित माइतीघरमा पुगेका थिए । त्यसपछि उनी कहाँ गए भन्नेबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन् ।  परिवार तथा आफन्तले सम्भावित स्थानहरूमा खोजी गरे पनि हालसम्म चन्दका बारेमा कुनै जानकारी प्राप्त हुन नसकेको बताइएको छ । 

गगन चन्दका नाति करण चन्दले हजुरबुबाको अवस्था अज्ञात भएपछि परिवार निकै पीडामा रहेको बताए । चन्दलाई कसैले देखेमा नजिकको प्रहरी चौकी अथवा ९७४८८८३०२२ र ९७६२०८६१८० नम्बरमा खबर गरिदिन आग्रह गरिएको छ । 
 

प्रकाशित मिति: सोमबार, वैशाख २८, २०८३  १७:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update