Sagun Khabar
एसईई : बैतडीमा ५१ दशमलव ३९ प्रतिशत परीक्षार्थी उत्तीर्ण 

बैतडी–यो बर्षको एसईईमा सहभागी भएकामध्ये बैतडीमा ५१ दशमलव ३९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी भएका ३ हजार ९ सय ३० जना परीक्षार्थीमध्ये २ हजार २० जना उत्तीर्ण भएका छन् । परीक्षामा १ हजार ९ सय १० जना ननग्रेड भएका छन् । 

जिल्लाका १ सय ४० विद्यालयका परीक्षार्थीहरु परीक्षामा सहभागी भएका र ती मध्ये २२ जनाले ३ दशमलव ६० जिपीएदेखि ४ जिपीएसम्म ल्याएका छन् । यस्तै ३ दशमलव २० देखि ३ दशमलव ६० जिपीए ल्याउने परीक्षार्थीेको संख्या २ सय १२ रहेको छ । यस्तै २ दशमलव ८० देखि ३ दशमलव २० जीपीए ल्याउने विद्यार्थीको संख्या ७ सय ९२ रहेको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका निमित्त प्रमुख पुष्करराज शर्माले बताए । 

यस्तै २ दशमलव ४० देखि २ दशमलव ८० जीपीए ल्याउने विद्यार्थीको संख्या ८ सय ६९ रहेको छ भने २ देखि २ दशमलव ४० जीपीए ल्याउने विद्यार्थीको संख्या १ सय २५ जना रहेको शर्माले बताए । 
बैतडीमा गत बर्षको तुलनामा यो बर्ष एसईई नतिजा कमजोर देखिएको छ । गत बर्ष ५२ दशमलव २९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए । 

सोमबार प्रकाशन भएको एसईईको नतिजामा देशभर ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत बर्ष ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख २९, २०८३  १२:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update