बैतडी–केही दिनदेखि लगातार रुपमा भइरहेको बर्षा र असिनाले बालीनालीमा क्षति पुर्याएको छ । दैनिक जसो पानी र असिना परिरहेकाले गहुँबाली, तरकारी बाली र फलफूल खेतीमा क्षति पुर्याएको किसानहरुले बताएका छन् ।
बर्षाका कारण कतिपय ठाउँमा किसानहरुले गहुँ भित्र्याउन पाएका छैनन् भने काटेर राखेका गहुँ पनि कुहिने अवस्थामा पुगेका दशरथचन्द नगरपालिका–१ का किसान कृष्णदत्त भट्टले बताए ।
पानीसँगै पर्ने गरेको असिनाले तरकारी बाली र फलफूल खेतीमा व्यापक क्षति पुर्याएको किसानहरुले बताएका छन् । आलु लगायतका तरकारीबालीमा लगातारको बर्षा र असिनाले क्षति पुर्याएको सुर्नयाका किसान नवराज अवस्थीले बताए ।
असिनाले फलफूल खेतीमा समेत व्यापक क्षति पुर्याएको छ । फुल्न लागेका र फल लागेका बोटहरुमा असिनाले क्षति पुर्याएको छ ।
कतिपय ठाउँमा गहुँबाली काट्न बाँकी रहेको र असिनाले गहुँबालीमा व्यापक क्षति पुर्याएको किसानहरुले बताएका छन् ।
आज दिउँसो पनि बैतडीका विभिन्न स्थानमा पानी र असिनाले क्षति पुर्याएको किसानहरुले बताएका छन् ।





