बैतडी –बैतडी समाज कैलालीको अध्यक्षमा गजेन्द्रबीर चन्द सर्वसम्मत चयन भएका छन् । धनगढीमा शनिबार आयोजित समाजको सातौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट चन्दको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । ४ सदस्य कार्यसमितिले मनोनीत गर्ने जनाइएको छ ।
समाजका अध्यक्ष मायाप्रकाश भट्टको अध्यक्षता तथा समाजका ज्येष्ठ सदस्य धरमसिंह थापाको प्रमुख आतिथ्यतामा अधिवेशन उद्घाटन गरिएको थियो । कार्यक्रममा बैतडीबाट बसाइँसराइ गरेर कैलालीमा बसोबास गर्दै आएका विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा लोकराज भट्ट, उपाध्यक्षमा हर्कबहादुर चन्द, महासचिवमा लोकेश भट्ट, सचिवमा बिरबहादुर महरा तथा कोषाध्यक्षमा नवराज पन्त चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा भिम बहादुर चन्द, लोकराज भट्ट, तर्कराज जोशी, जनकराज अवस्थी, विश्वेश्वरसिंह खत्री, आवेश कुमार चन्द, केशव बहादुर चन्द, लक्ष्मी रिजाल केसी, धर्मेन्द्रबहादुर चन्द, लिलाधर शर्मा र चेतन विक्रम चन्द चयन भएका छन् ।





