बैतडीमा जिप दुर्घटना : चालक घाइते
बैतडी–बैतडीमा जिप दुर्घटना हुँदा चालक घाइते भएका छन् ।
आइतबार देहीमाण्डौंबाट पञ्चेश्वरको बलारातर्फ गइरहेको बा १४ च ८३२९ नम्बरको जिप पञ्चेश्वर गाउँपालिका–५ नेटा भन्ने स्थानमा साँझ साढे ५ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताए ।
उक्त दुर्घटनामा जिप चालक पञ्चेश्वर गाउँपालिका–५ सेरीका २८ बर्षीय ईश्वर पार्की घाइते घाइते भएका छन् । उनको गर्धनमा चोट लागेको र उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाइएको प्रहरी निरीक्षक बडूले बताए । जिपमा चालकमात्रै रहेका बुझिएको छ ।
जिप सडकबाट करीब १० मिटर तल खसेको र घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ३, २०८३ १८:२१
प्रतिक्रिया दिनुहोस्





