बैतडी–बैतडीमा एक महिनाको अवधिमा ८ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयबाट विभिन्न मितिमा सजाय तोकिएका तर फरार रहेकाहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताए ।
गएको वैशाख महिनामा जिल्ला अदालतबाट सजाय तोकिएका तीन जना र जिल्ला प्रशासन कार्यालयबाट सजाय तोकिएका पाँच गरेर आठ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक बडूले बताए ।
जिल्ला प्रहरी कार्यालयले विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गर्ने अभियान समेत सञ्चालनमा ल्याएको छ । अदालत र प्रशासनको फैसला कार्यान्वयनका लागि प्रहरीले सक्रियता बढाएको हो ।
फरार प्रतिवादीहरुबाट तोकिएको जरीवाना असुल गर्नुका साथै कैद भुक्तान गर्न बाँकी रहेकाहरुलाई कारागार चलान गरिएको प्रहरी निरीक्षक बडूले बताए ।
यस्तै एक महिनाको अवधिमा चालु मुद्दाका पनि आठ जना प्रतिवादी पक्राउ परेका छन् । चालु मुद्दाका एक जना प्रतिवादी पक्राउ गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।





