Sagun Khabar
बैतडीमा एक महिनामै डेढ सय सवारीसाधन कारवाहीमा, १ लाख ४२ हजार राजस्व संकलन

बैतडी –बैतडीमा एक महिनाको अवधिमा डेढ सय सवारी साधन कारवाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघन गर्ने १ सय ५२ सवारी साधन कारवाहीमा परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । 

वैशाख महिनामात्रै ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनहरुबाट १ लाख ४२ हजार रुपैयाँ राजस्व संकलन गरिएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए । 

वैशाख महिनामै जिल्लामा आठवटा सवारी दुर्घटना भएका र ती दुर्घटनामा दुई जनाको मृत्यु हुनुका साथै १६ जना घाइते भएका थिए । पाँचवटा दुर्घटना चालकको लापरबाही र सवारी साधन र सडकको अवस्थाका कारण तीनवटा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम जारी राखेको भएपनि अपेक्षाकृत रुपमा दुर्घटनामा कमी आउन सकेको छैन् । ट्राफिक नियम पालना गराउन प्रहरीले सक्रियता जारी राखेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए । 
 

प्रकाशित मिति: मंगलबार, जेठ ५, २०८३  १७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update