बैतडीमा भरुवा बन्दुक बरामद
बैतडी–बैतडीमा प्रहरीले एक थान भरुवा बन्दुक बरामद गरेको छ ।
जिल्लाको पुर्चौडी नगरपालिका–७ काफलीबाट प्रहरीले भरुवा बन्दुक बरामद गरेको हो ।
जेनजी आन्दोलनमा नख्खु कारागार काठमाडौंबाट भागेका कैदीबन्दी नरेन्द्रसिंह रतोकीको घरमा खानतलासी गर्दा उक्त भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।
रतोकीलाई प्रहरीले गएको शुक्रबार उनकै घरबाट पक्राउ गरेको थियो ।
अस्थायी प्रहरी पोष्ट ढोल्यामोडबाट मंगलबार दिउँसो खटिएको प्रहरी टोलीले रतोकीको घरबाट बन्दुक बरामद गरेको प्रहरी निरीक्षक सिंहले बताए ।
घटनाका बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ ६, २०८३ ०७:२३
प्रतिक्रिया दिनुहोस्





