बैतडीमा भारतबाट अवैध रुपमा ल्याएको बिँडी बरामद
बैतडी–भारतबाट अवैध रुपमा भित्र्याएको बिँडी बैतडीमा बरामद गरिएको छ ।
मंगलबार राति जिल्लाको दशरथचन्द नगरपालिका–२ सुँगरखालीबाट १ लाख ४४ हजार रुपैयाँ बराबरको ३ सय ६० बण्डल बिँडी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।
बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उक्त बिँडी बरामद गरेको हो । भारतबाट अवैध रुपमा बिँडी ल्याउने मानिस भागेको प्रहरीले जनाएको छ ।
सीमा नाकाबाट बिँडी आयात गर्न पूर्ण रुपमा बन्द गरिएको भएपनि महाकाली नदीबाट अवैध तरीकाले बिँडी भित्र्याउने गरिएको छ ।
बरामद गरिएको उक्त बिँडीलाई बुधबार महाकाली भन्सार कार्यालय झुलाघाटमा बुझाइएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, जेठ ७, २०८३ १४:१२
प्रतिक्रिया दिनुहोस्





