Sagun Khabar
शिक्षा विकास तथा समन्वय इकाइ बैतडीको निमित्त कार्यालय प्रमुखमा शर्मा 

बैतडी –शिक्षा विकास तथा समन्वय इकाइ बैतडीको निमित्त कार्यालय प्रमुखको जिम्मेवारी पुष्करराज शर्मालाई दिइएको छ । 

शिक्षा तथा खेलकुद मन्त्रालयको सचिवस्तरको निर्णय अनुसार शर्मालाई अर्को व्यवस्था नहुँदा सम्मका लागि निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिइएको हो । शिक्षा विकास तथा समन्वय इकाइ बैतडीमा प्राविधिक सहायक पदमा कार्यरत शर्मालाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिएसँगै अब कार्यालयका प्रशासनिक तथा आर्थिक कामहरु सञ्चालन हुने बताइएको छ । 

यसअघि इकाइका कार्यालय प्रमुख नरेन्द्रप्रसाद अवस्थी अनिवार्य अवकाश भएपछि केही दिनदेखि कार्यालय प्रमुख विहिन रहेको थियो । 

शर्मालाई निजामति सेवा नियमावली २०५० को नियम ४६ बमोजिमको आर्थिक अधिकारसहित निमित्त कार्याल प्रमुखको जिम्मेवारी दिएको मन्त्रालयले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ ८, २०८३  ०७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update