बैतडीमा बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैतडी–बैतडीमा बैंकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
जिल्लाको पुर्चौंडी नगरपालिका –५ कुवाकोटका ३७ बर्षीय सुमितकुमार कुँवरलाई प्रहरीले शुक्रबार उनकै घरबाट पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय पाटन र पुरघाट प्रहरीचौकीबाट खटिएको प्रहरी टोलीले कुँवरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।
बैंकिङ कसुर मुद्दामा कुँवरलाई उच्च अदालत पाटनले २०७९ साल फागुन २६ गते तीन दिन कैद सजाय र ९ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । त्यसयता फरार रहेका कुँवरले प्रहरीले फैसला कार्यान्वयनका सिलसिलामा पक्राउ गरेको प्रहरी निरीक्षक सिंहले बताए ।
प्रकाशित मिति: शनिबार, जेठ ९, २०८३ ०८:०४
प्रतिक्रिया दिनुहोस्





