बैतडीमा चट्याङ लागेर एक भैंसी मर्यो
बैतडी–बैतडीमा चट्याङ लागेर एक भैंसी मरेको छ ।
जिल्लाको पुर्चौंडी नगरपालिका–६ का विरेन्द्र साउँदको घरमा हिजो साँझ परेको चट्याङ लागेर गोठमा बाँधेको भैंसी मरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
चट्याङबाट घरमा समान्य क्षति पुगेको स्थानीयहरुले बताएका छन् ।
प्रकाशित मिति: शनिबार, जेठ ९, २०८३ १२:३१
प्रतिक्रिया दिनुहोस्





