Sagun Khabar
पत्रकार पन्तद्वारा जन्मदिनको अवसरमा शैक्षिक सामग्री वितरण 

बैतडी –बैतडीको एक विद्यालयका विद्यार्थीहरुलाई पत्रकार गोविन्द पन्तले जन्मदिनको अवसरमा शैक्षिक सामग्री वितरण गरेका छन ।

जिल्लाको पाटन नगरपालिका वडा नम्बर ३ सुकाबैनास्थित सुकाबैना आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पत्रकार पन्तले जन्मदिनको अवसर पारेर शैक्षिक सामग्री वितरण गरेको बताए ।

विद्यार्थीहरुलाई हौसला प्रदान गर्न र जेहेन्दार विद्यार्थीहरुलाई सहज होस भनेर सुकाबैना आधारभुत विद्यालयमा अध्ययनरत शिशु कक्षा देखि कक्षा ३ सम्मका उत्कृष्ट र विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको विद्यालयकी शिक्षिका निर्मला अवस्थीले बताइन् । 

जन्मदिनमा फजुल खर्च गर्नुभन्दा विद्यालयका विद्यार्थीहरुलाई केही सहयोग मिलोस भनेर शैक्षिक सामग्री वितरण गरेको पन्तले बताए । 

रेडियो निङ्गलाशैनीमा कार्यरत पन्तले आफ्नो जन्मदिनको अवसरमा विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालसिंह भाटले धन्यवाद ज्ञापन गरेका छन् । 
 

प्रकाशित मिति: शनिबार, जेठ ९, २०८३  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update