Sagun Khabar
बैतडीमा ३ लाख २३ हजार बराबरको अवैध बिँडी बरामद 

बैतडी — बैतडीमा भन्सार छलेर अवैध रुपमा भित्र्याएको बिँडी बरामद भएको छ । 

शनिबार साँझ दशरथचन्द नगरपालिका–६ दानीबगरमा भारतबाट भन्सार छली गरी ल्याएको ३ लाख २३ हजार २ सय मूल्य बराबरको बिँडी प्रहरीले बरामद गरेको हो । 

बेबारिसे अवस्थामा बाटो छेउको झाडीमा छाडेको अवस्थामा बिंडी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयबैतडीका प्रवक्ता, प्रहरी निरीक्षक भुवनप्रसाद तिमिल्सैनाले जानकारी दिए ।

बिँडी छाडिएको घटनाको अनुसन्धान भइरहेको र बरामद बिँडी महाकाली भन्सार कार्यालय झुलाघाट पठाइएको प्रहरी निरीक्षक तिमिल्सैनाले जानकारी दिए । 
 

प्रकाशित मिति: आइतबार, असार १४, २०८३  २१:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update