बैतडी–दलित समुदायमा वैदिक संस्कारलाई प्रवद्र्धन गर्न कर्मकाण्ड गर्दै ज्योतिषाचार्य गणेशप्रसाद पन्तलाई पुर्चाैडी नगरपालिकाले सम्मान गरेको छ । जन्मदेखि मृत्युसम्मका वैदिक हिन्दु सनातनी संस्कारलाई दलित समुदायमा पु¥याउँदै आएका पन्तलाई नगरपालिकाले दोसल्ला र प्रमाणपत्रसहित सम्मानित गरेको हो ।
जातीय आधारमा हुने सामाजिक विभेदविरुद्ध रचनात्मक तरिकाबाट योगदान गर्दै आएका पन्तलाई नगरपालिकाले सम्मानित गर्दै दोसल्ला तथा सम्मानपत्र प्रदान गरेको नगरप्रमुख दीपकबहादुुर बमले बताए । सामाजिक परिवर्तनमा लागिरहेका व्यक्तिहरूलाई उत्साह र हौसला बढाउन नगरपालिका प्रतिबद्ध रहेको भन्दै पन्तलाई सम्मान गरिएको नगरप्रमुख बमले जानकारी दिए ।
पन्तले विगत लामो समयदेखि दलित समुदायलगायत समाजका सबै वर्गले आायोजना गर्ने वैदिक संस्कारहरूमा सहभागी हुँदै पु¥याइरहेको योगदान प्रभावकारी र प्रेरणादायी रहेको स्थानीयले बताएका छन् । पन्तको कामले जातीय विभेद अन्त्यका लागि महत्वपूर्ण भूमिका खेलेको स्थानीय शिक्षक दिनेश नागरीले बताए ।
सम्मान कार्यक्रममा नगरप्रमुख बम, उपप्रमुख मीना धानुक, प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर नेपाली, नगर प्रवक्ता धीरेन्द्र बमलगायतका जनप्रतिनिधि तथा समाजसेवीहरूको सहभागिता रहेको थियो ।
बैतडीको पाटन नगरपालिका– ८, खोड्पे जसुलीखालीका पण्डित पन्तले २७ वर्ष अघिदेखि दलित बस्तीमा कर्मकाण्ड सुरु गरेका हुन् । उनले वैदिक विधिबाट दलित बस्तीमा सप्ताह, व्रतबन्ध, विवाह, न्वारान, वास्तुपूजा, गृहप्रवेशलगायत कार्यहरू गर्दै आएका छन् ।
उनले सांस्कृतिक कुरीति हटाउन दमाईं, कामी, बादीलगायतको समुदायमा एक हजार ६ सय जना सिल्पी समुदायका व्यक्तिलाई जनैधारण गराइसकेको बताए ।जातीय आधारमा हुने सामाजिक विभेद कानुनले समेत अपराध मानेका कुरा धार्मिक अगुवाले हटाउनुपर्नेमा उनको जोड छ ।





