Sagun Khabar
बैतडीका ग्रामीण कच्ची सडकमा रातिको समयमा गाडी चलाउन रोक 

बैतडी–बैतडीका ग्रामीण कच्ची सडकमा रातिको समयमा गाडी चलाउन रोक लगाइएको छ । जल तथा मौसम विज्ञान विभागले असार १६ र १७ गते अत्यधिक बर्षा हुने अनुमान गरेकाले दुई दिन ग्रामीण कच्ची सडकमा रातिको समयमा गाडी चलाउन रोक लगाइएको प्रमुख जिल्ला अधिकारी डा.डिजन भट्टराईले बताए । 

असार १६ र १७ गते बेलुकी ६ बजेदेखि बिहान ५ बजेसम्म जिल्लाभरीका ग्रामीण कच्ची सडकमा गाडी चलाउन रोक लगाएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । बर्षातको समयमा हुन सक्ने जोखिमलाई ध्यानमा राखेर दुईदिन ग्रामीण कच्ची सडकमा रातिको समयमा गाडी चलाउन रोक लगाइएको हो । 
 

प्रकाशित मिति: मंगलबार, असार १६, २०८३  १६:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update