Sagun Khabar
प्रदेश प्रहरी अस्पतालले सञ्चालन गरेको स्वास्थ्य शिविरमा २ सय ५८ जनाले सेवा लिए 

बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीमा सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल, दिपायलले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा २ सय ५८ जनाले सेवा लिएका छन् । 

सोमबार सञ्चालन भएको उक्त शिविरमा १ सय २४ जना पुरुष र १ सय ३४ जना महिलाले सेवा लिएको बताइएको छ । 

पूर्व प्रहरी कर्मचारी, प्रहरी परिवार तथा सर्वसाधारणलाई लक्षित गरेर सञ्चालन भएको उक्त सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल, दिपायलका प्राविधिक प्रहरी निरीक्षक डा.सौरभ श्रेष्ठको नेतृत्वमा खटिएको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले सेवा दिएको थियो । 
 

प्रकाशित मिति: मंगलबार, असार १६, २०८३  १७:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update