सुर्नयाका प्रमुख प्रशासकीय अधिकृत विकको सरुवा, समन्वय अधिकारी अवस्थीलाई थप जिम्मेवारी
बैतडी –बैतडीको सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीतेन्द्र विकको सरुवा भएको छ । उनको जिल्ला समन्वय समिति दार्चुलामा सरुवा भएको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए ।
प्रमुख प्रशासकीय अधिकृत विकको सरुवा भएपछि तत्कालका लागि जिल्ला समन्वय अधिकारी रघुनाथ अवस्थीलाई प्रमुख प्रशासकीय अधिकृतको थप जिम्मेवारी दिइएको छ । आर्थिक बर्षको अन्त्यतिर प्रमुख प्रशासकीय अधिकृत विकको सरुवा भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समन्वय अधिकारी अवस्थीलाई सुर्नया गाउँपालिकाको थप जिम्मेवारी दिएको हो ।
प्रमुख प्रशासकीय अधिकृत विक बिहीबार सुर्नयाबाट बिदा हुने तयारीमा छन् भने अवस्थी पनि बिहीबार पालिकामा कामकाजका लागि खटिने गाउँपालिका अध्यक्ष कुँवरले बताए ।
प्रकाशित मिति: बुधबार, असार १७, २०८३ १७:३१
प्रतिक्रिया दिनुहोस्





