धनगढीबाट बैतडी आउदै गरेको बस गैराखानमा दुर्घटना
बैतडी — धनगढीबाट बैतडीतर्फ आउदै गरेको सुदूरपश्चिम प्रदेश ०१ ००१ ख ३९६३ नम्बरको यात्रुवाहक बस बैतडीको पाटन नगरपालिका वडा नं ९ गैराखान नजिकै दुर्घटनामा परेको छ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धारका लागि घटनास्थलतर्फ परिचालन भइसकेका छन्।
दुर्घटनामा परेका यात्रुहरूको अवस्था, घाइतेहरूको संख्या र क्षतिको पूर्ण विवरण संकलन गर्ने कार्य भइरहेको छ। घटनास्थलबाट उद्धार कार्य जारी रहेकाले घटनाको विस्तृत विवरण आउन बाँकी छ।
प्रकाशित मिति: शुक्रबार, असार १९, २०८३ १६:२५
प्रतिक्रिया दिनुहोस्





