Sagun Khabar
बैतडी बस दुर्घटना अपडेट : चालकसहित १९ जना घाइते, दुईको अवस्था गम्भीर (नामावलीसहित ) 

बैतडी –बैतडीको गैराखानमा बस दुर्घटना हुँदा चालकसहित १९ जना घाइते भएका छन् । धनगढीबाट बैतडी आउँदै गरेको सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस शुक्रबार दिउँसो साढे तीन बजेतिर बैतडी पाटन नगरपालिका–८ गैराखानमा दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार बस सडकबाट अन्दाजी ७५ मिटर तल खसेको छ । दुर्घटनामा गम्भीर घाइते भएका दुई जनाको परिचय खुलेको छैन् । 

अन्य घाइतेहरुमा बस चालक पाटन नगरपालिका–३ का अन्दाजी २५ बर्षीय दिनेश भाट, ठेगाना नखुलेकी २५ बर्षीया दुरा बोहरा, पाटन नगरपालिका–६ का ४३ बर्षीय जनकप्रसाद पन्त, सोही ठाउँका ११ बर्षीय सिद्धार्थ भण्डारी, पाटन–६ कै ३१ बर्षीय मोहन पन्त, दशरथचन्द नगरपालिका–४ का सागर ठगुन्ना, सोही ठाउँकाी ५४ बर्षीया निर्मला कार्की, पुर्चौंडी नगरपालिका –८ की ३५ बर्षीया रत्नाकुमारी भण्डारी र डडेल्धुराकी दिपा महरा रहेका छन् । 

यस्तै दशरथचन्द नगरपालिका–६ की धाना पहरी,४० बर्षीय रमेश महर, १४ बर्षीय अरुण महर,सुर्नया गाउँपालिका–२ का ४० बर्षीय पुष्कर बिष्ट, सोही ठाउँकी २७ बर्षीय माया बिष्ट, पुर्चौंडी नगरपालिका–१ की ३५ बर्षीया अनुग्राकुमारी ठगुन्ना, र दशरथचन्द नगरपालिका–९ का २६ बर्षीय जनकराज जोशी पनि घाइते भएका छन् । 

घाइते मध्ये केहीलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ भने केहीको सिद्धेश्वर स्वास्थ्यचौकी खोड्पे र पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक भुवनप्रसाद तिमिल्सैनाले जानकारी दिए । 

दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असार १९, २०८३  १७:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update