बैतडी –बैतडीको गैराखानमा भएको बस दुर्घटना परेर घाइते हुनेको संख्या २३ जना पुगेको छ । धनगढीबाट बैतडी आउँदै गरेको सुपप्र ०१–००१ ख ३९६३ नम्बरको बस शुक्रबार दिउँसो साढे तीन बजेतिर पाटन नगरपालिका–९ गैराखानमा दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार बस सडकबाट अन्दाजी १ सय मिटर तल खसेको छ । दुर्घटनामा परेर पाँच जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते हुनेमा पाटन नगरपालिका–६ का ३१ बर्षीय दिपक विक, पाटन–८ का ४६ बर्षीय रामदत्त पाण्डे, पाटन–६ का ११ बर्षीय सिद्धार्थ भण्डारी, पाटन –६ का ४३ बर्षीय जनकप्रसाद पन्त र पुर्चौंडी नगरपालिका–८ की ५५ बर्षीया पशुपति लावड रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक भुवनप्रसाद तिमिल्सैनाले बताए ।
घाइतेमध्ये १६ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ भने सात जनालाई जनालाई धनगढी रेफर गरिएको छ ।
अन्य घाइतेहरुमा बस चालक पाटन नगरपालिका–३ का अन्दाजी २५ बर्षीय दिनेश भाट, दशरथचन्द नगरपालिका–५ की २५ बर्षीया दुरा बोहरा, दशरथचन्द नगरपालिका–४ का २१ बर्षीय सागर ठगुन्ना, सोही ठाउँकी ५३ बर्षीया निर्मला कार्की, पुर्चौंडी नगरपालिका –८ की ३५ बर्षीया रत्नाकुमारी भण्डारी, डडेल्धुराकी आलिताल गाउँपालिका –४ की दिपा महर र उनका चार बर्षीय छोरा अरुण महर रहेका छन् ।
यस्तै डडेल्धुराको आलिताल गाउँपालिका–४ का ४० बर्षीय रमेश महर, बैतडीको सुर्नया गाउँपालिका– २ की २१ बर्षीय माया बिष्ट, सोही ठाउँका ४० बर्षीय पुष्कर बिष्ट, पुर्चौंडी नगरपालिका–१ की ५० बर्षीया अनुग्राकुमारी ठगुन्ना, दशरथचन्द नगरपालिका–९ का २६ बर्षीय जनकराज जोशी, दशरथचन्द नगरपालिका–१० का ४६ बर्षीय किशोरचन्द्र भट्ट, डोटीको जोरायल गाउँपालिका–२ की २२ बर्षीया रेनुका विक, उनका २ बर्षीय छोरा निरज विक र पाटन नगरपालिका–६ की ३५ बर्षीया धाना पहरी पनि घाइते भएका छन् ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





