बैतडी–बैतडीको दोगडाकेदार गाउँपालिका–४ पिपलकोटका तेजसिंह कुँवरको उपचारमा आर्थिक अभाव भएको छ । मृगौलामा समस्या देखिएका कुँवरको पछिल्लो समयमा काठमाण्डौंको बीर हस्पिटलमा उपचार भइरहेको छ ।
दुई महिनादेखि स्वास्थ्यमा समस्या झेलीरहेका कुँवरले यसअघि भारतका विभिन्न अस्पतालमा उपचार गराउँदा आफूसँग भएको पैसा सकिएको बताएका छन् । शुरुमा भारतको खटीमामा स्वास्थ्य परीक्षण गराएका कुँवरले हल्द्वानी, पिलभित, बरेली, दिल्ली लगायतका ठाउँमा स्वास्थ्य परीक्षण र उपचार गराएका उनका आफन्त केशवसिंह भण्डारीले बताए ।
कुँवरको मृगौलामा समस्या हुनुका साथै शरीरमा रगत नबन्ने समस्या समेत देखिएको आफन्त भण्डारीले बताए । उनलाई समय–समयमा रगतसमेत चढाउनुपर्ने अवस्था आएको बताइएको छ ।
अहिले बीर हस्पिटलमा उपचाररत कुँवरलाई आर्थिक अभाव भएकाले सहयोगका लागि अपिल गरिएको भण्डारीले बताए । बिरामीको बैंक खाता नहुँदा आफ्नै खाताबाट सहयोग अभियान सञ्चालन गरेको भण्डारीले बताए । सहयोगी महानुभावहरुले केशवसिंह भण्डारीको ग्लोबल आइएमइ बैंकमा रहेको खाता नम्बर १४५०७०१०११११३३ मा कुँवरको उपचारका लागि रकम जमा गर्न सक्ने बताइएको छ । आफूसँग भएको रुपैयाँ यसअघि नै सकिएकाले सहयोग अपिल गरिएको कुँवरले बताए ।





