Sagun Khabar
एसईई ग्रेड वृद्धि परीक्षा : बैतडीमा ६२.६२ प्रतिशत विद्यार्थी उत्तीर्ण 

बैतडी–एसईई ग्रेड वृद्धि परीक्षामा बैतडीका ६२ दशमलव ६२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । 

गत असार १ गतेदेखि सञ्चालन भएको एसईई ग्रेड वृद्धि परीक्षामा जिल्लाबाट सहभागी भएका १ हजार ७ सय ४७ जना परीक्षार्थीमध्ये १ हजार ९४ जना उत्तीर्ण भएका शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख दशरथदत्त भट्टले बताए । परीक्षामा सहभागी भएका ६ सय ५२ जना ननग्रेड भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले एसईई ग्रेड वृद्धि परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो । 

उत्तीर्ण भएका परीक्षार्थीमध्ये ३.६० देखि ४ जिपीए ल्याउने विद्यार्थीको संख्या १३ जना रहेको छ । यस्तै ३.२० देखि ३.६० जिपीए ल्याउने विद्यार्थी ७ जना, २.८० देखि ३.२० जिपीए ल्याउने विद्यार्थीको संख्या १ सय २२ जना, २.४० देखि २.८० जिपीए ल्याउने विद्यार्थीको संख्या ६ सय ७८ जना, २ देखि २.४० जिपीए ल्याउने विद्यार्थीको संख्या २ सय ७१ जना र १.६० देखि २ जिपीए ल्याउने विद्यार्थीको संख्या ३ जना रहेको शिक्षा विकास तथा समन्वय इकाइका प्राविधिक सहायक रामचन्द्र भट्टले बताए । 

यसअघि नियमित परीक्षामा बैतडीका ५१ दशमलव ३९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए । 
 

प्रकाशित मिति: मंगलबार, असार २३, २०८३  १७:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update