Sagun Khabar
मणिलेक बहुमुखी क्याम्पसका प्रमुख डा.भगीरथसिंह नेगीलाई सम्मान 

बैतडी–बैतडीको मेलौली नगरपालिकास्थित मणिलेक बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा.भगीरथसिंह नेगीलाई सम्मान गरिएको छ ।

मेलौली नगरपालिका –१ घर भएका नेगीले भारतको राजस्थानमा रहेको डा. केएन मोदी विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा विद्यावारिधि (पिएचडी) उपाधि हासिल गरेकाले उनलाई क्याम्पसको प्राध्यापक संघ र कर्मचारी संघले सम्मान गरेको हो । 

क्याम्पसमा एक कार्यक्रमको आयोजना गरेर डा. नेगीलाई दोसल्लासहित सम्मान गरिएको छ । लामो समयदेखि प्राध्यापन क्षेत्रमा क्रियाशील डा. नेगीले प्राप्त गरेको उपाधिले यो क्षेत्रको शिक्षाको गुणस्तर सुधारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । 

क्याम्पस परिवारले गरेको सम्मानले आफूलाई थप जिम्मेवार बनाएको क्याम्पस प्रमुख नेगीले बताए । आफूले प्राप्त गरेको उपाधि स्थानीयस्तरको शिक्षा सुधारमा केन्द्रित गर्ने डा. नेगीले बताए । 

प्रकाशित मिति: मंगलबार, साउन २६, २०८३  १३:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update