Sagun Khabar
सुर्नयाका विभिन्न ठाउँमा तीज बिशेष सांस्कृतिक र देउडा कार्यक्रम 
फाइल फोटो

बैतडी–हरितालिका तीजको अवसर पारेर बैतडीको सुर्नया गाउँपालिकाका विभिन्न वडामा सांस्कृतिक र देउडा कार्यक्रम आयोजना भइरहेका छन् । 

वडा नं ४ को कार्यालयको आयोजनामा आज र भोलि फाटीगडामा तीज बिशेष देउडा कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष प्रताप महराले बताए । 

उक्त कार्यक्रममा देउडा गायक अम्बादत्त जोशी र टीका साउँदको प्रस्तुती रहने बताइएको छ । दुई दिन सम्म सञ्चालन हुने कार्यक्रममा स्थानीय अन्य कलाकारहरुको समेत सहभागिता रहने बताइएको छ । 
यस्तै सुर्नया–५ रौलेश्वर मावि रामकी बरायलमा भोलिदेखि तीज बिशेष सांस्कृतिक कार्यक्रम र देउडा प्रतियोगिता सञ्चालन हुने बताइएको छ । 

सुर्नया युनाइटेड क्लबको आयोजनामा भोलि तीज बिशेष सांस्कृतिक कार्यक्रम रौलेश्वर मावि रामकी बरायलमा हुने क्लबका अध्यक्ष प्रकाश साउँदले बताए । उक्त कार्यक्रममा गायिका कल्पना बिष्टको सहभागिता रहने बताइएको छ । 

यस्तै वडा कार्यालयको आयोजनामा भोलि र पर्सि दुई दुई दिन देउडा प्रतियोगिता सञ्चालन हुने बताइएको छ । देउडा प्रतियोगितामा चर्चित देउडीया गंगा खत्री, विकास धामी, सावित्री धामी र जगदीश भट्ट लगायतका कलाकारको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, भदौ २८, २०८३  ११:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update