७१औँ प्रहरी दिवसको अवसरमा बैतडीमा मन्दिर परिसर सरसफाइ तथा वृक्षारोपण
बैतडी – ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा जिल्ला प्रहरी कार्यालय बैतडीले मन्दिर परिसर सरसफाइ तथा वृक्षारोपण गरेको छ ।
प्रहरी दिवसका अवसरमा आयोजित विविध कार्यक्रम अन्तर्गत दशरथचन्द नगरपालिका वडा नं. ४ स्थित प्रसिद्ध जगन्नाथ मन्दिर र वडा नं. ८ स्थित त्रिपुरासुन्दरी मन्दिर परिसर वरपर सरसफाइ गरिएको छ ।
यसैगरी, सामाजिक उत्तरदायित्व तथा वातावरणीय संरक्षणलाई ध्यानमा राख्दै विभिन्न प्रजातिका बोटबिरुवाहरू रोपेर वृक्षारोपण कार्यक्रम समेत सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
कार्यक्रममा प्रहरी अधिकारी तथा जवानहरूको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०८३ ०९:१३
प्रतिक्रिया दिनुहोस्




