बैतडीको डिलाशैनीका एक युवक भारतमा मृत फेला
बैतडी–बैतडीको डिलाशैनी घर भएक एक युवक भारतमा मृत फेला परेका छन् ।
डिलाशैनी गाउँपालिका–७ खेतीगाउँ घर भएका नवीन जोशी भारतको बेंगलोरमा मृत फेला परेका हुन् । रोजगारीको सिलसिलमा भारतमा रहेका नवीनको अल्पायुमै मृत्यु भएपछि परिवार शोकमा डुबेको छ ।
उनी झुण्डिएको अवस्थमा फेला परेका भएपनि मृत्युको कारण एकीन हुन नसकेको स्थानीय प्रदीप जोशीले बताए ।
उनको शंकास्पद मृत्यु भएको परिवारजनले बताएका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ४, २०८३ १६:५४
प्रतिक्रिया दिनुहोस्




