बैतडीमा कार्तिक महिनामा १ सय ७१ सवारी साधन कारवाहीमा परे

बैतडी–बैतडीमा एक महिनाको अवधिमा १ सय ७१ सवारी साधन कारवाहीमा परेका छन् ।

गएको कार्तिक महिनामा ट्राफिक नियम उल्लंघन गर्ने १ सय ७१ सवारी साधन कारवाहीमा परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । 

ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनबाट जरीवानबाफत १ लाख ६९ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

यस्तै एक महिनाको अवधिमा जिल्लाभरी पाँच ओटा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १३ जना घाइते भएका थिए । 

चालकका कारण २, सवारी साधनका कारण २ र यात्रुका कारण एक दुर्घटना भएको प्रहरीको तथ्यांक छ । 

जिल्लामा सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको प्रहरी निरीक्षक सिंहले बताए ।   

प्रकाशित मिति: शुक्रबार, मंसिर ४, २०८३  १७:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update