बझाङ जाँदै गरेको बस बैतडीको अनारखोलीमा नालीमा फस्यो

बैतडी–बैतडीमा बस दुर्घटना भएको छ । 

महेन्द्रनगरबाट बझाङतर्फ जाँदै गरेको सु.प.प्र.०२–००१ ख १२५२ नम्बरको बस दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका –८ अनारखोलीमा दुर्घटना भएको हो । 

उक्त बस अनियन्त्रित भइ बाँयातर्फको दुवै टायर नालामा फसेको र मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । 

शनिबार बिहान २ बजेर ४० मिनेटको समयमा उक्त बस नालामा फसेको जानकारी प्राप्त हुनासाथ प्रहरीचौकी खोड्पेबाट प्रहरी सहायक निरीक्षक कृष्ण भट्टको कमाण्डमा खटिएको थियो । 

उक्त बसमा सवार यात्रुलाई अर्को बसमा गन्तव्यतर्फ पठाइएको छ भने चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । नालामा फसेको उक्त बस निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, मंसिर ५, २०८३  ०८:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update