बैतडीको मेलौली र शिवनाथमा आज र भोलि दुई दिन स्थानीय सार्वजनिक बिदा

बैतडी–बैतडीको मेलौली नगरपालिका र शिवनाथ गाउँपालिकाले आज र भोलि दुई दिन स्थानीय सार्वजनिक बिदा दिएका छन् ।

मेलौली नगरपालिकाले मेलौली भगवती मन्दिरमा लाग्ने जात्राको अवसरमा बिदा दिएको हो भने शिवनाथ गाउँपालिकाले वडा नं ४ स्थित देगडा भगवती मन्दिरमा लाग्ने जात्राको अवसरमा बिदा दिएको हो । 
स्थानीय सार्वजनिक बिदाका दिन पालिका मातहतका सबै सरकारी कार्यालय, गैरसरकारी निकाय, शिक्षण संस्था बन्द रहने दुवै स्थानीय तहहरुले जनाएका छन् । 

मेलौली भगवती मन्दिरमा लाग्ने जात्रामा स्थानीयहरुको उल्लेख्य सहभागिता रहने भएकाले दुई दिन स्थानीय सार्वजनिक बिदा दिएको मेलौली नगरपालिकाले जनाएको छ । 

यस्तै देगडा भगवती मन्दिरमा पनि स्थानीयहरुको उल्लासमय सहभागितालाई दृष्टिगत गरेर सार्वजनिक बिदा दिएको शिवनाथ गाउँपालिकाले जनाएको छ । 

यस्तै मेलौली नगरपालिकाले जात्रालाई व्यवस्थित बनाउन आज र भोलि मन्दिर आसपासका क्षेत्रमा मदिराको विक्रि वितरण र सेवनमा रोक लगाएको जनाएको छ । कसैले मदिरा विक्रि वितरण र सेवन गरेको पाइएमा कानुन अनुसार कारवाही हुने नगरपालिकाले जनाएको छ । 

मेलौली भगवती मन्दिर र देगडा भगवती मन्दिरमा हरेक बर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन ठूलो मेला लाग्ने गर्दछ ।  

प्रकाशित मिति: सोमबार, मंसिर ७, २०८३  ०८:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update