Sagun Khabar
पञ्ज्युनयाँ क्रिकेटको उपाधि आयोजक सुशीसतमलाई 

बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिका ६ मा सम्पन्न दोस्रो संस्करणको पन्ज्युनयाँ टि–२० क्रिकेट कप प्रतियोगिताको उपाधि आयोजक शुसितम युवा क्लबले हात पारेको छ । आज सम्पन्न फाइनल खेलमा शुसितमले कैलपाल क्रिकेट क्लबलाई २४ रनले स्तब्ध पार्दै उपाधि हात पारेको हो । उपाधिसंगै शुसितमले ७७ हजार ७ सय ७७ रुपैंया पुरस्कार पाएको छ भने उपविजेता कैलपालले ३३ हजार ३ सय ३३ रुपैंयामा चित्त बुझाएको छ ।

शुसितमले दिएको एक सय २५ रनको लक्ष्य पन्छाएको कैलपाल १७ दशमलव ५ ओभरमा एक सय रनमा समेटियो । कैलपालका लागि हरि ओझाले नटआउट सर्वाधिक ३७ रनको योगदान गरेपनि जित हात पार्न नसक्दा उपविजेतामै चित्त बुझाउन बाध्य भयो । शुसितमका जनकसिंह कार्की म्यान अफ द फाइनल भएका स्कोरर रोशन कार्कीले जानकारी दिए ।

स्वास्थ्य सन्देश
Atrya hospital

त्यसअघि पन्ज्युनयाँ खेल मैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको शुसितमले निधारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय २४ रन बनाएको थियो । जसमा जनकसिंह कार्की सर्वाधिक ४४ रनको योगदान गरेका थिए । कैलपालका गोविन्द चन्दले ३ विकेट हात पारे ।

यसैबीच प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै व्यक्तिगत एक सय २५ रन र ७ विकेट विकेट हात पारेका शुसितमका कप्तान गोपाल कार्की म्यान अफ द सिरिज भए । उनले ५ हजार ५ सय ५५ रुपैंया पुरस्कार पाए । यस्तै शुसितमका लागि एक सय ३४ रन हिर्काएका सन्तोस कार्की बेस्ट ब्याट्सम्यान भए । शुसितमका लागि १६ विकेट लिएका किरन कार्की बेस्ट बलर भए । सन्तोस र किरन दुबैले समान ३ हजार ३ सय ३३ रुपैैंया पुरस्कार पाए ।

प्रतियोगिताका विजेता र उपविजेता खेलाडीलाई दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्की, उपाध्यक्ष पार्वती कार्की,शुसितम क्रिकेट क्लबका अध्यक्ष वीरसिंह कार्कीलगायतले पुरस्कार वितरण गरे ।

सुशितम युवा क्लब पन्ज्युनयाँको आयोजनामा कात्तिक ७ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा बैतडी र दार्चुलाका गरि १२ टोली सहभागी रहेका थिए ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८  १७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update