Sagun Khabar
दार्चुलामा जात्रा हेर्न गएका एक व्यक्ति मृत फेला
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुलामा जात्रा हेर्न गएका एक व्यक्ति मृत फेला परेका छन् । महाकाली नगरपालिका वडा नम्बर ८ धापका ६० बर्षीय जोगीराम चुनारा मृत फेला परेका हुन् । धापको असिगडा जात्रा हेर्न गएका जोगिराम चुनाराको शव  स्थानियले आज बिहान ७–८ बजेको समयमा खेतमा देखपछि  प्रहरीलाइ खबर गरेका थिए ।

  शव पोष्टमार्टमका लागी अहिले जिल्ला अस्पताल दार्चुला लगिएको दार्चुलाका  प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी  दिएका छन । प्रारम्भिक अनुसन्धानबाट हेर्दा चुनाराले अत्यधिक मदिरा सेवन गरेको हुन सक्ने र चिसोले कठ्यांग्रिएर मृत्यु भएको  प्रहरीले अनुमान गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७८  १०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update