Sagun Khabar
विश्व पानी दिवसको अवसरमा महाकालीमा जलयात्रा 

बैतडीको सेरादेखि झुलाघाट सम्म जलयात्रा (र्याफ्टिङ) गरिएको छ । विश्व पानी दिवसको अवसर पारेर जलयात्रा गरिएको हो । दशरथचन्द नगरपालिका र रुडेसले सञ्चालन गरिरहेको ट्रोसा परियोजनाको सहयोगमा महाकालीमा जलयात्रा गरिएको रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले जानकारी दिनुभयो ।

पानी दिवसको अवसर पारेर ट्रोसा परियोजना सञ्चालन भईरहेका सुदूरपश्चिमका सबै जिल्लामा र्याफिङ गरिएको जोशीले जानकारी दिनुभयो । सेरादेखि झुलाघाट सम्मको जलयात्रामा दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापा, उपप्रमुख मीना चन्द, उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्द, महिला सशक्तीकरण केन्द्रका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

स्वास्थ्य सन्देश
Atrya hospital

महाकाली नदीमा जलयात्राको सम्भावना रहेको बारेमा जानकारी गराउन र्याफ्टिङ गरिएको जोशीले जानकारी दिनुभयो ।

महाकाली नदीमा जलयात्राको सम्भावना रहेकाले अबका दिनमा यसलाई निरन्तरता दिनका लागि पहल गरिने दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले बताउनुभयो ।

जलयात्रा शुरु गर्न सकेमा सीमा क्षेत्रमा पर्यटकहरुलाई समेत भित्र्याउन सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘महाकाली नदी भारतसंग जोडिएकाले जलयात्रालाई निरन्तरता दिन सके भारतीय पर्यटकहरुलाई समेत आकर्षित गर्न सकिन्छ ।’
 

प्रकाशित मिति: सोमबार, चैत ९, २०७७  १८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update