Sagun Khabar
बझाङ काम गर्न गएका बैतडीका एक पुरुष बेपत्ता
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडीको पुर्चाैडी नगरपालिका वडा नं ७ का एक पुरुष बझाङबाट बेपत्ता भएका छन । कामको सिलसिलामा बझाङको दुर्गाथली गाँउपालिका २ जुजीमा मजदुरी गर्दै आएका ४६ वर्षीय ठगी साउद यही चैत्र २२ गते राती ११ बजे बेपत्ता भएका उनका  भतिजा सुरेन्द्रसिँह साउँदले जानकारी दिए ।

राती खाना खाएर सुतीरहेका बेला एक्कासी बाहिर गएका साउँद बेपत्ता भएका हुन्  । बेपत्ता भएका साउँदको खोजीकार्यका लागि प्रहरीलाई समेत जानकारी दिइएको छ । साउँद गत मंसीर २८ गते दैनिक ज्यालादारीमा काम गर्न बझाङ गएका  थिए । उहाँको घरमा २ छोरा र श्रीमती छन ।

प्रकाशित मिति: बिहीबार, चैत २६, २०७७  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update