Sagun Khabar
भारतबाट फर्केका तीनजनामा कोरोना पुष्टि 

भारतका अति कोरोना प्रभावित क्षेत्रबाट फर्केका नागरिकहरुलाई नेपालमा पनि कोरोना देखिन थालेको छ । भारतसंग जोडिएको बैतडीको झुलाघाट नाकाबाट फर्केका ३ जनामा कोरोना पुष्टि भईसकेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

नाकामा रहेको हेल्थ डेस्कमा एन्टीजेन विधिबाट कोरोना चेकजाँच गर्दा पोजेटिभ देखिएकाहरुको पीसीआर रिपोट पनि पोजेटिभ आएको उनले बताए । भारतको दिल्लीबाट फर्केका दशरथचन्द नगरपालिका ८ का २ जना पुरुष र दशरथचन्द नगरपालिका २ का एकजना पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य प्रमुख भट्टले जानकारी दिए ।

स्वास्थ्य सन्देश
Atrya hospital

संक्रमित तिनै जना अहिले होम आइसोलेसनमा बसीरहेका र उनीहरुको स्वास्थ्य अवस्था समान्य रहेको बताइएको छ । झुलाघाट नाकामा भारतका अति कोरोना प्रभावित क्षेत्रबाट फर्केकाहरुको र लक्षण देखिएकाहरुको एन्टीजेन विधिबाट कोरोना परीक्षण हुँदै आएको छ ।

अहिले सम्म सीमाबाट फर्केका १३० जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना भाईरसको संक्रमण जोखिम कायमै रहेकाले स्वास्थ्यका मापदण्ड अपनाउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । समय सममयमा साबुनपानीले हात धुने, मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने लगायतका स्वास्थ्य मापदण्ड पालना गरेमा कोरोनाबाट बच्न सकिने स्वास्थ्यकर्मीहरुले जनाएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, चैत २७, २०७७  ०७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update